एसिया कप : नेपाल र श्रीलंका भिड्दै, नेपालले जित्ला ?

  • पोखरा न्यूज
  • २०८१ पौष ४
एसिया कप : नेपाल र श्रीलंका भिड्दै, नेपालले जित्ला ?

पाेखरा । महिला यु-१९ एसिया कपअन्तर्गत  ‘सुपर चार’ मा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार आज बिहान ११ः४५ बजे सुरु हुनेछ ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकालेकाे थियाे ।

एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग अंक बाँडेको थियो । नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे थियाे ।

यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन् ।

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन् ।

सुपर फोको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ । सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल आइतबार बिहान हुनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस