पृथ्वीराजमार्ग पूर्णरुपमा सुचारु

पाेखर।  पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पोखराको सेतीपुलदेखि तनहुँको जामुने बजारसम्मको अवरोध हटेको छ ।

मङ्सिर २८ देखि गरिएको अवरोध बुधबारबाट हटेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पाेखरादेखि कोत्रेखोलाको पुलसम्म स्तरोन्नति कार्य भइरहेकाले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले पाँच दिन बन्द गरिएकोमा बुधबारबाट सुचारु गरिएको उनले जानकारी दिए ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको थियो । अवरोध हटेपछि यात्रुलाई आवतजावतका लागि सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button