पोखरा । पोखरामा आजदेखि ‘फेवा संवाद २०२४’ हुने भएको छ । कार्यक्रम पोखरा-६ बुलौंदीस्थित पोखरा ईभेन्ट सेन्टरमा हुनेछ ।
कार्यक्रम उद्घाटन प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन् । भण्डारी तीन दिनदेखि पोखरामा छन् । उनले राजनीतिक भेटघाटसँगै समसामयिक विषयमा छलफल गरेकी छन् ।
याे कार्यक्रममा पाेखरा महानगरका प्रमुख धनराज आचार्य भने सहभागी हुने छैनन् । उनी दक्षिणा काेरिया प्रस्थान गरिसकेका छन् ।
कार्यक्रम त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजले संयुक्त रुपमा आयोजना गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा खड्ग केसीका अनुसार सम्मेलन विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुन सक्ने आर्थिक सामाजिक र शैक्षिक सहकार्यमा केन्द्रित हुनेछ ।
कार्यक्रममा ‘विश्वव्यापी औद्योगिक स्थानान्तरणअन्तर्गत दक्षिण एसियाका विकल्प’बारे बहस हुने केसीले बताए ।
कार्यक्रममा नेपालसहित दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका दिग्गज व्यक्तित्व, विज्ञ, अर्थशास्त्री, थिङ्क ट्याङ्क तथा राजनीतिज्ञको सहभागिता रहने छ ।
सम्मेलनमा चीनका ३०, नेपालका २०, भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट ३र३ जना सहभागी हुने प्रा.डा.केसीले बताए ।
यस्तै, भुटान, मलेसिया, सिङ्गापुर, इन्डोनेसियालगायत देशबाट समेत सहभागिता हुने उनले जानकारी दिए ।
सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अधिकारी, पूर्वमन्त्री कमल थापा, डा.युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डा.प्रकाशशरण महतलगायतका राजनीतिज्ञ सहभागी हुने छन् ।
यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.दीपेन्द्रबहादुर क्षेत्री, प्राडागोविन्दराज पोखरेल, डा. विश्व पौडेल, पूर्व राजदूत, विश्वविद्यालयका प्राध्यापकलगायत कार्यक्रममा सहभागी हुने बताइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution