
पोखरा । भारतमा डुंगा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । मृतकमध्ये नौसेनाका तीन जवान छन् । उद्धारकर्ताले एक सय एक जनालाई बचाएको बताइन्छ ।
मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीपतर्फ जाँदै गरेको डुंगा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो ।
घटनापछि दुःख व्यक्त गर्दै मुख्यमन्त्री देवेन्द्र फडणविसले राज्य सरकारमार्फत जनही पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
इण्डियन नेवीका अनुसार उसको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुंगामा ठोक्किएको थियो ।





