आज ह्वात्तै घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

  • पोखरा न्यूज
  • २०८१ पौष ४
आज ह्वात्तै घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

पोखरा । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकै दिन सुनको भाउ प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ एक लाख ४९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बुधबार एक लाख ५१ हजार चार सय रुपैयाँ थियो ।

आज पोखरा बजारमा सुनको मूल्य एक लाख एक लाख ५१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि ५५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै एक हजार सात सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य बुधबार एक हजार आठ सय ४० रुपैयाँ थियो । आज पोखरामा चाँदीको भाउ एक हजार आठ सय १० रुपैयाँ कायम भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस