एनप्याव्सन खेलकुद महोत्सव : छात्रा भलिवलमा नेशनल क्रियशन एकेडेमी प्रथम

पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको १४औंँ एनप्याव्सन खेलकुद महोत्सव हालै सम्पन्न भएको छ ।

महोत्सवअन्तर्गत सिनियर छात्रा भलिबलको उपाधि पोखराको नागढुंगास्थित नेशनल क्रियशन एकेडेमीले हात पारेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रतियोगितामा नेशनल क्रियशनले युनिभर्स एकेडेमीलाई सोझो सेटमा पराजित गरेको हो ।

विजेता नेशनल क्रियशनले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगिताअन्तर्गत नेशनल क्रियशनकै श्रेया थापाले जुनियर छात्रा हाइजम्पमा प्रथम स्थान हासिल गरेकी छन् । साथै उनले जुनियर छात्रा चार सय मिटर दौडमा तेस्रो स्थान हासिल गरिन् ।

जुनियर छात्र हाइजम्पमा सोही विद्यालयका मासुम अन्सारीले प्रथम स्थान हासिल गर्दा सिनियर छात्र लङ्गजप्पमा सौगात तामाङ दोस्रो भए ।

यसैगरी जुनियर टेबल टेनिसतर्फ रेनु गुरुङले दोस्रो स्थान हासिल गरेकी छन् ।

यस्तै मार्च पासमा सान्त्वना स्थान हासिल गरेको विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले जानकारी दिए । प्राचार्य थापाका अनुसार खेलकुद महोत्सवमा अघिल्ला वर्षमा पनि विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस वर्षको प्रतियोगितामा कास्की मोडनाइज्ड एकेडेमीले एक सय ७५ अंकका साथ च्याम्पियन बन्दा त्रिवेणी पब्लिक एक सय ५८ अंकका साथ द्वितीय तथा सिद्धार्थ लवडेल बोर्डिङ स्कुल एक सय १२ अंकका साथ तृतीय भएको भिएको थियो ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।

तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button