एनपीएल : टस जितेर पहिले बलिङ गर्दै जनकपुर, फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्दै

  • पोखरा न्यूज
  • २०८१ पौष ४
एनपीएल : टस जितेर पहिले बलिङ गर्दै जनकपुर, फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्दै

पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुँदैछ ।

खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

यो खेलको विजेता फाइनल पुग्नेछ र सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ । दुवै टिममा पछिल्ला खेलबाट एक एक परिवर्तन गरिएको छ ।

कर्णालीका रित गौतमको स्थानमा युनिस सिंह ठकुरी तथा जनकपुरमा अरनिको यादवको स्थानमा मयन यादव पहिलो रोजाइमा खेल्दै छन् ।

फाइनल पुगेर उपाधि होडमा रहन यी दुवै टोलीका लागि अन्तिम मौका हो । पहिलो क्वालिफायरमा विजेता बन्दै सुदूरपश्चिम फाइनलमा पुगिसकेको छ ।

सुदूरपश्चिमले उपाधिका लागि आज हुने क्वालिफायरको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ ।

तर जनकपुरका लागि सुदूरपश्चिमसँगका दुई भेट सुखद् छैनन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो ।

दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेका कर्णाली र जनकपुरको यो दोस्रो भेट हो । लिग चरणको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस