पोखरा । गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा भगवान बावु मास्के निर्वाचित भएका छन् ।
संघको अध्यक्षमा मास्के सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत स्थानेश्वर दवाडीले जानकारी दिए ।
संघको वरिष्ठ उपाध्यक्षमा अस्मकबावु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, महासचिवमा चन्दनबावु खत्री, कोषाध्यक्षमा सुरेन्द्र कुँवर, सचिवमा शरण श्रेष्ठ र सह-कोषाध्यक्षमा वसन्त बस्नेत निर्वाचित भए ।
संघको ४९औं बार्षिक साधारण सभा तथा १७औं अधिवेशन यही पुस ५ र ६ गते हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार बुधबार भएको उम्मेद्वारी मनोनयनमा सबै पदमा एक-एक मात्र उम्मेद्वारी परेको हो ।
संघको महिला सदस्यमा सुशीला श्रेष्ठ, वस्तुगत सदस्यतर्फ पर्वबहादुर विश्वकर्मा र एसोसिएट सदस्यतर्फ बिक्रम बस्नेत सर्वसम्मत निर्वाचित भए ।
संघको कार्यसमिति सदस्यमा प्रदीप खनाल, पुष्कल अर्याल, कर्णबहादुर गुरुङ, दिपककुमार श्रेष्ठ (अनु), मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोलाप्रसाद मरहट्टा र सोम कोइराला छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution