पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, घाइतेलाई हेलिकोप्टरमार्फत पोखरा ल्याइँदै

पोखरा । पोखराबाट घान्द्रुक जाँदै गरेको जीप अन्नपूर्ण गाउँपालिका वडा नं १० बतासेडाँडामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा ल्याउने तयारी भइरहेको वडाध्यक्ष गौतम गुरुङले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनका अनुसार घाइतेलाई घटनास्थलबाट उद्दार गरी बाटोमा ल्याइएको छ । अब हेलिकोप्टर ल्याण्ड हुने स्थानसम्म पुर्याइनेछ । घाइतेको परिचय खुलिसकेको छैन ।

ग१ज ६८२१ नम्बरको जिप आज अपराह्न २ः४५ बजे दुर्घटना भएको हो । जीप सडकबाट करिब छ सय मिटर तल खसेको वडाध्यक्ष गुरुङले जानकारी दिए । जीपमा सात जना सवार रहेको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button