पोखरा । यू-१९ महिला एसिया कपको सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ । मलेसियाको क्वालालम्पुरमा वर्षाले खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् ।
बिहीबारको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोज्दै मैदानमा उत्रिएको भए पनि एक ओभरमात्र सम्भव भएको खेलमा कप्तान पूजा महतोले एक रन दिएर एक विकेट लिइसकेकी थिइन् । तर वर्षाका कारण दोस्रो ओभरसमेत हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् ।
सुपर फोरमा अब नेपालले अर्को समूहबाट आएको बंगलादेशसँग शुक्रबार खेल्नेछ । नेपालको समूहबाट नेपाल र भारत सुपर फोरमा पुगेका हुन् ।
शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनल खेलनेछ । अर्को समूहका टिमसँग एक एक खेल खेल्ने नियमानुसार नेपालले बिहीबार श्रीलंकासँग तथा शुक्रबार बंगलादेशसँग खेलिरहेको हो ।
भारतले पनि श्रीलंका र बंगलादेशसँग खेलिरहेको हो । पहिलो खेलमा भारतले बंगलादेशलाई सजिलै पराजित गरेको छ । अब नेपालले शुक्रबार बंगलादेशसँग र भारतले श्रीलंकासँग खेल्दैछ ।
अहिलेको अंक तालिका हेर्दा भारतको ५ अंक छ भने बंगलादेशको ४ अंक छ भने नेपालको पनि ४ अंक नै छ । श्रीलंकाको ३ अंक छ ।
शुक्रबारको खेलमा नेपालले बंगलादेशलाई हराउन सक्यो भने फाइनल खेल भारतसँग हुनेछ ।
भारतले श्रीलंकासँग बिहान ७ः१५ बजे र नेपालले बंगलादेशसँग ११ः४५ बजे खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ । सुपर फोरको शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution