संकल्प गण्डकी प्रदेश अध्यक्षमा पगेनी

पोखरा । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेश अध्यक्षमा सरिता तिमिल्सिना पगेनी निर्वाचित भएकी छन् ।

बिहीबार पोखरामा भएको प्रदेश स्तरीय समितिको अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रमको अवसरमा समिति गठन गरिएको हो ।

अध्यक्ष पगेनी लामो समयदेखि पत्रकारिता र न्याय क्षेत्रमा काम गर्दै आएकी छन् । उनी नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य हुन् ।

संस्थाको उपाध्यक्षमा मिलन भुजेल, सचिवमा ईश्वरी बिक, कोषाध्यक्षमा ईश्वरी चापागाईं छन् । यस्तै सदस्यमा मुन्नी खातुन, गीतामाया श्रेष्ठ, पवित्रा खड्का, गंगा चापागाईं र माया गुरुङ भुजेल चयन भए ।

कार्यक्रम उद्घाटन गर्दै संकल्पका संस्थापक अध्यक्ष दुर्गा सोवले संवैधानिक निकाय र राज्यका संरचनामा महिला समान सहभागिता जनाउन संकल्पले काम गरिरहेको बताइन् ।

शान्ति, सुशासन र राजनीतिमा महिलाको निर्णय र शक्तिशाली भूमिका निर्माण गर्ने लक्ष्यका साथ संकल्पले ७७ वटा जिल्लामा काम गरिरहेको उनको भनाइ थियो ।

संकल्प गण्डकी प्रदेश उपाध्यक्ष सरिता तिमिल्सिना पगेनीको अध्यक्षतामा भएको कार्यक्रममा वानका उपाध्यक्ष दुर्गा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रम संचालन संकल्पका केन्द्रीय सदस्य अमिका राजथलाले गरेकी थिइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका संकल्पका सदस्य संस्था क्रियाशील पत्रकार महिला, दलित महिला संघ नेपाल, नागरिक आवाज, मानवअधिकारका लागि महिला एकल महिला समूह, विकल्प, फतिमा फाउण्डेसन, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल अपांग महिला संघलगायतका संस्थाका महिलाको प्रतिनिधित्व थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button