पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लुटपाट गर्ने तीन जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा तनहुँको रिसिङ गाउँपालिलका वडा नं २ घर भइ हाल पोखरा रामबजार बस्ने ३७ वर्षीय मोहन भन्ने मधुसिंह थापा मगर, बागलुङ बाङ्गादोभान गाउँपालिका वडा नं ३ तमान घर भइ हाल पोखरा-६ लेकसाइड बस्ने ३८ वर्षीय प्रकाश थापा र रोल्पाको थवाङ घर भइ हाल पोखराको मालेपाटन बस्ने ३२ वर्षीय गोपाल नेपाली छन् ।
प्रहरीका अनुसार गत मंसिर २३ गते मध्यराति पोखरा महानगरपालिका वडा नं ३१ बेगनास गैह्राघरस्थित एक घरमा नकावधारी यी तीन जनाको समूहले हतियार देखाएर लुटपाट गरेका थिए ।
उक्त घरबाट नगद, सुनका गरगहना औँठी र रिङलगायतका सामग्री लुटिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट खुकुरी बरामद भएको थियो ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution