स्याङ्जाको भिरकोटस्थित एक घरमा आगलागी, १५ लाखको क्षति, एक जना घाइते

स्याङ्जा । स्याङ्जामा बिहीबार साँझ आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

भिरकोट नगरपालिका वडा नंर १ भलुवाडाँडास्थित बेलबहादुर श्रेष्ठको ढुङ्गा माटोले बनेको जस्ताको पाताले छाएको दुई तले कच्ची घर र एक कच्ची गोठमा आगलागी भएको हो ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

सो आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोक्रममा ५० वर्षीय कोटबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button