
पोखरा । नेपाली बजारमा आज पनि सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँ कामय भएको छ ।
सुनको मूल्य बिहीबार एक लाख ४९ हजार रुपैयाँ रहेको थियो ।
आज पोखरा क्षेत्रमा सुनको मूल्य एक लाख ४९ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य एक हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पोखरा क्षेत्रमा आज चाँदीको भाउ एक हजार सात सय ९० रुपैयाँ कायम भएको छ ।
बुधबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको हो ।





