| प्रतीकात्मक तस्बिर
पोखरा । बाजुरा केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव दुई रेक्टर म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । स्थानीय पुनः भूकम्प आउने डरले त्रासमा छन् ।
भूकम्पबाट कुनै मानवीय क्षति भएको भन्ने विवरण अहिलेसम्म नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भौतिक क्षतिको विवरण संकलन कार्य भइरहेको बताइएको छ ।
बिहीबार मात्रै मनाङको नेस्याङ केन्द्र बनाएर ४दशमलव७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि बुधबार र मंगलबार पनि बझाङ केन्द्रविन्दु भएर तीन पटक भूकम्प गएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution