पोखरा । पोखराको मौसम बिहानैदेखि धुमिलिएको छ । जसका कारण अन्य दिनको तुलनामा आज बढी चिसो महसूस भएको छ ।
आज बिहान करिब ८ बजे पोखराको तापक्रम ७ डिग्री सेल्सियस रहेकाे छ ।
आज कोशी प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशीमा मौसम आंशिक बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशीका एक-दुई ठाउँमा छिटपुट वर्षा र हिमपात भए पनि अरु ठाउँमा पानी पर्ने सम्भावना छैन ।
गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
तराई क्षेत्रमा आज बिहान हुस्सु लागेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।
महाशाखाका अनुसार पश्चिम क्षेत्रका लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सोमबारदेखि मौसममा केही फेरबदल आउन सक्ने सम्भावना छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution