दियालो कृषि सहकारीको १३औँ साधारणसभा

पोखरा । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा-२५ हेमजाको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको २०८०÷०८१ सम्म शेयर पुँजी तीन करोड एक लाख २८ हजार पाँच सय, निक्षप संकलन चार करोड ३६ लाख एक हजार सात सय ९२ रुपैयाँ र ऋण लगानी पाँच करोड ६९ लाख ९५ हजार चार सय २७ रुपैयाँ छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा संस्थाका सचिव वेदराज त्रिपाठी, कोषाध्यक्ष राजेश त्रिपाठी, ऋण उपसमिति संयोजक कुलप्रसाद त्रिपाठी, लेखा समिति संयोजक प्रकाशचन्द्र त्रिपाठीलेले प्रस्तुत गरेको प्रतिवेदन सभाले पारित गरेको थियो ।

संस्थाले शेयर सदस्यलाई व्यवयसायिक बनाउने नीति अनुसार नौ प्रतिशत व्याजदरमा कृषि तथा व्यवसाय कर्जा प्रदान गर्ने अध्यक्ष मोहनप्रसाद त्रिपाठीले जानकारी दिए ।

‘विशेष गरि संस्थाका शेयर सदस्यलाई नै लक्षित गरेर सञ्चालक समितिले कम व्याजदरमा कर्जा प्रवाह गर्ने निर्णय गरेको हो’, त्रिपाठीले भने, ‘कृषि पेसालाई व्यवसायिक बनाउनका लागि संस्थाको शेयर सदस्यले यो सुविधा लिनुहोस् ।’

शेयर सदस्यलाई वार्षिक रुपमा बोनस मात्र नभई अन्य सेवाहरुबाट सुविधा दिने लक्ष्य संस्थाको रहेको उनको भनाइ थियो । उनले आफ्नो कारोवार आफ्नै सहकारीमार्फत गर्न सम्पूर्ण शेयर सदस्यलाई आग्रह गरे ।

कार्यक्रममा उत्कृष्ट बचत कर्ता ओमकुमारी बास्तोला, असल ऋणि तुलदेवी रोकालाई सम्मान गरिएको थियो ।

उनीलाई संस्थाका अध्यक्ष मोहनप्रसाद त्रिपाठी, सल्लाहकार होतराज त्रिपाठी र सल्लाहकार प्रकाशचन्द्र सापकोटाले सम्मान गरेका थिए । यसैगरी संस्थाकी कर्मचारी प्रभा पौडेललाई बिदाई गरिएको थियो ।

दियालो कृषि सहकारी संस्थाका अध्यक्ष मोहन प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलप्रसाद त्रिपाठीले स्वागत, सदस्य मनिषा पोख्रेलले सहकारीका सात सिद्धान्त र सचिव वेदराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button