तेह्रथुम । तेह्रथुमममा टिकटक बनाउने क्रममा खाेलामा खसेर दुई जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा मेन्छ्यायेम गाउँपालिका वडा नं ५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराई छन् ।
उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए ।
सोक्रममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर उनीहरु खोलामा खसेका थिए । खोलाले उनीहरुलाई बगाएको थियो ।
अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिइन् ।
शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उनले बताइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution