पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकार कुनै पनि हालतमा नढल्ने दावी गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीमा नव नर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा उनले सरकार ढल्छ भन्नु काग कराएजस्तै भएको बताए ।
राष्ट्रिय संकट निवारणका लागि दुई पार्टी भइरहनुपर्छ भन्ने ठानेसम्म सरकार नढल्ने उनको जिकिर थियो । ‘काग त कराउँदै गर्छ, पिना सुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ’, उनले भने, ‘यो यस्तै हो, सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराए जस्तै हो, यो सरकार चलिरहन्छ ।’
अहिलेको सरकार बनेको मन नपराउनेले नै सरकार ढल्ने भ्रम फैल्याएको उनले आरोप लगाए ।
राष्ट्रिय संकट निवारणका दुई राजनीतिक दलबीच सहमति भएकाले यो सरकार २०८४ सम्मै टिक्ने स्पष्ट पारे ।
उनले भने, ‘सरकार बनेको दिनदेखि दुई वटा कुरा चलिरहेको हुन्छ, यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने, सबै पार्टीले छोडेर गए पनि दुई ठूला राजनीतिक दल मिलेका छौँ, त्यसैले यो सरकार ढल्दैन ।
मन्त्री गुरुङ मुलुकमा सुशासन कायम गर्न सञ्चार जगतलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
उनले राजनीतिक अस्तिरताले नीतिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अंगले राम्रोसँग काम गर्न नसक्ने बताए । आमसञ्चार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवालासँग छलफल गरेरमात्र विधेयकलाई संसदमा पेश गरिने बताए ।
नेपाली कांगे्रस कास्कीका सभापति किशोरदत्त बरालले पत्रकारको स्वाभिमान कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भन्दै लोकतन्त्र बलियो बनाउन पत्रकार स्वाभिमानी हुनुपर्ने स्पष्ट पारे ।
माओवादी केन्द्र कास्कीका इन्चार्ज विश्व प्रकाश लामिछानेले सुशासन र सामाजिक न्यायका लागि पत्रकारिताले कलम चलाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सक्रिय आफ्नो नेतृत्वको कार्यसमितिलाई धन्यवाद दिदै नँया कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना दिइन्।
पत्रकार महासंघ कास्कीका सल्लाहकार राजेन्द्र अधिकारीले वर्तमान कार्यसमितिको सहि निर्णयमा साथ र सर्मथन र गलत निर्णयमा खबरदारी गर्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष माधव बरालले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाइ गरिमा उच्च बनाउन प्रतिबद्घ भएर काम गर्ने बताए ।
निवार्चन समितिका संयोजक पुण्य पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवार्चन समितिका सदस्य रवीन्द्र बास्तोलाले स्वागत र अधिवक्ता गोविन्द पौडेलले संचालन गर्न भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution