कुलो खन्ने क्रममा रुखको हाँगाले लागेर महादेवको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ पौष ७
कुलो खन्ने क्रममा रुखको हाँगाले लागेर महादेवको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ३ सिमलडाँडामा रुखको हाँगा लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा आइतबार ५२ वर्षीय महादेव प्रजाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

सोही गाउँपालिका-५ ठाडे गाउँमा बस्दै आएका प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस