
नवलपरासी । काठमाडौैँस्थित पशुपतिनाथको दर्शनार्थी सवार भारतीय नम्बरप्लेटको कारमा शनिबार आगलागी भएको छ ।
कारमा सवार पाँच जना तीर्थयात्री पनि भारतीय नागरिक नै भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महेन्द्रराजमार्गको दाउन्ने-दुम्कीबास सडकमा कार गुडिरहेकै अवस्थामा आगलागी भएको हो ।
कारमा सवार यात्रु सुरक्षित भए पनि धनमाल भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन । यद्यपि वाइरिङ सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
कार र यात्रु भारतदेखि नै आएको बताइएको छ ।





