पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख देवराज घिमिरेलाई पत्र लेखी चितवन क्षेत्र नं-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएकोबारे जानकारी गराएको छ ।
पत्रमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी समेत मुद्दाको पूरक अभियोग पत्र दर्ता भएको जनाइएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका लागि अनुरोध गरिएको कार्यालयका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
प्रतिनिधिसभा, नेपाल प्रहरी प्रधान कार्यालय, गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, अपरोध जोहरी शााखा, गण्डकी शाखालाई पनि उक्त पत्र बोधार्थ दिइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution