पोखरा । स्याङ्जाका हिक्मतजङ्ग कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा मनोनित भएका छन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य–सचिवमा केन्द्रीय सदस्यमा सुनसरीका सुरेश आचार्यलाई मनोनित गरेकामा कार्कीलाई सो विभागको सदस्यमा मनोनित गरेका हुन् । सोही समिति सदस्यमा रुपन्देहीकी स्वाती थापा पनि मनोनित भएकी छन् ।
पार्टीले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन पार्टी अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति गठन पनि गरेको छ ।
यसैबीच पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाडौँ केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठकमा पार्टी सङ्गठन तथा भावी योजनाबारे छलफल हुने पार्टीका नेता राजाराम श्रेष्ठले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution