पोखरामा समता काव्य सन्ध्या

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको समता काव्य सन्ध्याको ३७६औँ शृङ्खला पोखरामा सम्पन्न भयो ।

कविताको अघोषित पाठशालाका रुपमा परिचित काव्य सन्ध्यामा परिवारका संस्थापक सचिव अग्रज साहित्यकार सरुभक्तले कविता लेखनमा लगातारको मेहनत, ध्यान र अध्ययनको आवश्यकता हुने बताए ।

जलवायु परिवर्तनको असरले कुमारी माछापुच्छ्रे हिमालमा हिउँ नपरेपछि कवि हृदयले कालो देखिए पनि सेतो देखिए पनि माछापुच्छ्रे राम्रो देखेका छन् ।

परिवारका सल्लाहकार तीर्थ श्रेष्ठले तीन दशकसम्म अविछिन्न रुपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कवि राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै यसको प्रभाव मूल्याङ्कन र शोध गर्न आवश्यक भएको बताए ।

कार्यक्रममा ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, दीपक समीप, रुपीन्द्र प्रभावी, विष्णु अल्पविराम, शिव त्रिपाठी, अमृत क्षेत्री, त्रुपक, देवेन्द्र केसी, शिव संकल्प, माधव खतिवडा, प्रदिप खनाल, एकदत्त लम्साल, गीता तिवारी, शोभा लामिछाने, संगीता बराल बिसी, जमुना कायस्थ, संगीता गौतम, ढाकामोहन बराललगायतले रचना वाचन गरेका थिए ।

संस्थाका नवनिर्वाचित अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव एमडी काफ्लेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button