सहकारी ठगी आरोपमा वडाध्यक्ष महर्जन पक्राउ

  • पोखरा न्यूज
  • २०८१ पौष ८
सहकारी ठगी आरोपमा वडाध्यक्ष महर्जन पक्राउ

पोखरा । सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं १२ का वडाध्यक्ष नुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको हो ।

महर्जन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस