पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
पार्टीको एक शीर्ष नेताले अर्याललाई कार्यवाहक सभापति बनाएको जानकारी दिए । ‘कार्यवाहकको जिम्मेवारी डिपीजीले पाउनुभएको छ’, ती नेताले भने‚ ‘ निर्णय सार्वजनिक गर्न बाँकी छ ।’
ती नेताका अनुसार आज जुममार्फत सचिवालय बैठक बसेको थियो । सोही बैठकले अर्याललाई कार्यवाहक दिएको उनको भनाइ छ । अर्याललाई कार्यवाहक बनाउन यसअघि नै पार्टी उपसभापति स्वर्णिम वाग्लेले सहमति दिइसकेका थिए ।
‘केही अघिकै केन्द्रीय समिति बैठकमा स्वर्णिमजीले डीपीलाईनै कार्यवाहक बनाउनुपर्छ भनेर प्रस्ताव राख्नुभएको थियो, सबैले यसमा सहमति जनाएकै विषय हो‚’ ती नेताले भने‚ ‘त्यस कारण अब बन्दा कार्यवाहक पार्टी सभापति अर्याल बन्नुभएको हो ।
केही अघि पोखरामा आयोजित कार्यक्रममा अर्यालले रावि लामिछाने पार्टीको आजीवन सभापति भएको अभिव्यक्ति दिएका थिए । उनको् अभिव्यक्तिको आलोचना समेत भएको थियो ।
यस्तै संसदीय दलको नेता भने कसलाई बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । दलको नेताले परिआएमा देशको प्रधानमन्त्री बन्ने हैसियत राख्छ । त्यसैले दलको नेताको जिम्मेवारी कसलाई दिने भन्ने रास्वपामा दुबिधा भएको ती नेताले बताए ।
हाल संसदीय दलको उपनेता बिराजभक्त श्रेष्ठ छन् । श्रेष्ठलाईनै कार्यवाहक दिने वा दलको पूर्ण जिम्मेवारी दिने भन्ने टुंगोमा रास्वपा पुगेको छैन ।
‘दलको नेताको विषयमा छलफल भएकै छैन‚’ ती नेताले भने‚ ‘उपनेता विराजजीलाई जिम्मेवारी दिने कि नदिने भन्ने विषयमा छलफल अघि बढेकै छैन।’
यसअघि नागरिकता विवादमा रविको सांसदको पद जादा डिपी अर्याल दलको नेताको जिम्मेवारी सम्हालेका थिए । श्रेष्ठलाई दलको नेताको जिम्मेवारी दिइएको थिएन ।
सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै आइतबार कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो । यससँगै रास्वपामा सभापति रवि लामिछानेको अनुपस्थितिमा पार्टी सञ्चालनका लागि कार्यवाहक तोक्ने तयारी भएको छ ।
कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसहित तीन अभियोगमा मुद्दा दायर भएको भनेर आइतबार नै सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको छ । सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलेकाले लामिछाने सांसद पदबाट स्वतः निलम्बनमा पर्ने बताइन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution