बागलुङका ३४ जना एचआइभी संक्रमित स्वास्थ्य बीमाको सुविधाबाट बञ्चित

पोखरा । बागलुङका ३४ जना एचआइभी संक्रमित निःशुल्क स्वास्थ्य बीमाको सुविधाबाट बञ्चित भएका छन् ।

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थासँगै विभेद्को डरले समाजमा खुल्न नसकेका कारण एचआइभी संक्रमित समस्यामा परेका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कंडेलका अनुसार बागलुङमा कुल दुई सय आठजना एचआइभी संक्रमितमध्ये ३४ जनाको स्वास्थ्य बीमा हुन सकेको छैन ।

एक सय ७४ जनाको निःशुल्क स्वास्थ्य बीमा भएको छ तर समाजमा खुल्न नचाहने र विभेद्को डरले ३४ जना स्वास्थ्य बीमामा समेटिन सकेका छैनन् ।

उनीहरूका लागि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्र वा धवलागिरि पोजेटिभ समूहमार्फत बीमाको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको कंडेलले बताए ।

निःशुल्क स्वास्थ्य बीमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी संक्रमित छन् ।

बीमा सुविधाबाट बञ्चित हुँदा एचआइभी संक्रमित महँगो उपचार सेवा लिन बाध्य छन् । सरकारले एचआइभी संक्रमितका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था छ ।

कतिपय स्थानीय तहले आफ्नै बजेटबाट एचआइभी संक्रमितको स्वास्थ्य बीमा गर्दै आएका छन् ।

स्वास्थ्य कार्यालयको सिफारिसमा या अन्य आधिकारिक निकायमार्फत एचआईभी संक्रमितको बीमा गरिदिने व्यवस्था गर्नुपर्ने स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

बीमाको सिफारिसका लागि संक्रमित आफ्नै ठाउँमा जानुपर्ने भएकाले उनीहरूलाई समस्या भएको हो । उनले भने, ‘एचआइभी संक्रमितलाई सहज रूपमा स्वास्थ्य बीमाको सुविधा दिन स्वास्थ्य बीमा बोर्डले पहल लिनु आवश्यक छ ।’

यसअघि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट एचआइभी संक्रमितको स्वास्थ्य बीमा हुँदै आएकामा अहिले बजेट कटौती भएपछि उक्त केन्द्रबाट बीमा हुन छाडेको बताइन्छ ।

धवलागिरि पोजेटिभ समूहका अनुसार जिल्लामा रहेका कूल दुई सय आठ एचआइभी सङ्क्रिममध्ये २२ जना बालबालिका छन् ।

संक्रमितमध्ये एक सय ५२ जनाले धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट औषधोपचारको सेवा लिइरहेका छन् ।

जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालबाट पनि एचआइभी संक्रमितका लागि औषधि उपलब्ध गराइँदै आएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button