लमजुङमा पहिलो पटक बेमौसमी तरकारी उत्पादन

  • पोखरा न्यूज
  • २०८१ पौष ९
लमजुङमा पहिलो पटक बेमौसमी तरकारी उत्पादन

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले लमजुङमै पहिलो पटक बेमौसमी तरकारी बाली उत्पादन सुरू गरेको छ ।

नगरपालिकाभित्रका आठ जना किसान छनोट गरी प्रतिकिसान एक रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी उत्पादन परीक्षण गर्न लागिएको नगरपालिका कृषि विकास शाखाका अधिकृत रघुनाथ अधिकारीले जनाकरी दिए ।

धादिङका धेरै क्षेत्रमा बेमौसमी लहरे तरकारीबाली उत्पादन हुँदै आएकामा यहाँका किसानलाई पटक-पटक त्यही ठाउँमा कृषि अवलोकन भ्रमण लगेपछि यहाँका किसान पनि बेमौसमी लहरे तरकारी बालीप्रति आकर्षित भएका हुन् ।

अधिकारीका अनुसार पालिजातको करेला, न्यू नारायणी जातको घिरौला, अनमोल जातको लौका र भक्तपुरे काँक्रो सुरूको चरणमा परीक्षण उत्पादनमा लागिएको बताए । अहिले किसानले गुम्बज बनाएर बिरूवा रोप्ने काम गरिरहेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को कृषि विकास शाखातर्फको कार्यक्रममा समावेश गरिएको बेमौसमी तरकारी बाली उत्पादन परीक्षणलाई नगरपालिकाले किसानलाई कच्चापदार्थ र मल बीउमा सहयोग गरेको छ ।

तरकारी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ बाँस, गुम्बज बनाउने प्लास्टिक, बीउ, आवश्यक मल, सिँचाइका लागि आवश्यक पर्ने हजारी, किटनाशक विषादी, विषादी छर्न आवश्यक पर्ने स्प्रे, बिरूवा उत्पादनका लागि आवश्यक पोलिपट र प्राविधिक सहयोग पालिकाले गरेको शाखाका नायब प्राविधिक सहायक तिलकुमारी श्रेष्ठले बताए ।

प्राविधिक दृष्टिकोणले पनि बेमौसमी तरकारी लहरेबाली उत्पादनका लागि यस भूगोल उपयुक्त भएकाले परीक्षण उत्पानमा सफल हुने किसानको आशा छ ।

परीक्षण उत्पानका लागि किसानले चार जातका तरकारी प्रतिकिसान एक सय २० देखि एक सय २५ वटा बिरूवाका दरले रोपेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस