आँधीखोलामा ट्रक र स्कोरपियो दुर्घटना, चार जना घाइते

  • पोखरा न्यूज
  • २०८१ पौष ९
आँधीखोलामा ट्रक र स्कोरपियो दुर्घटना, चार जना घाइते

पोखरा । तनहुँमा आज बिहान इट्टा बोकेको ट्रक र स्कोरपियो एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ आँधीखोलामा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परेको ट्रक पुलको बीचबाट खोलामा खसेको छ ।

प्रहरीका अनुसार डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बाप्र०१-००१ य १६५९ नम्बरको स्कोरपियो र डुम्रेतर्फ आउँदै गरेको ए२-०३००-१ केएच २४४८ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो ।

दुर्घटनामा स्कोरपियोमा सवार यात्रु घाइते भएका हुन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस