नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा

  • पोखरा न्यूज
  • २०८१ पौष ९
नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ ।

अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने भएकाले निकै महत्वका साथ हेरिएको छ । अधिवेशनमा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधि सहभागी हुनेछन् ।

पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालका अनुसार अधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ ।

उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यलाई जिम्मेवारी दिएको जानकारी दिए ।

पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।

अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ ।

पार्टीले हालै नेताको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।

कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस