आज गण्डकीसहित सात वटै प्रदेशमा वर्षा हुने, चिसो अझै बढ्ने

  • पोखरा न्यूज
  • २०८१ पौष ९
आज गण्डकीसहित सात वटै प्रदेशमा वर्षा हुने, चिसो अझै बढ्ने

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखराको मौसम आज घुमिलिएको छ ।

मध्यान्ह १२ः३० बजेसम्म पोखराको मौसम सफा हुन सकेको छैन भने अन्य दिनको तुलनामा आज बढी चिसो महसूस गरिएको छ ।

गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा कर्णाली प्रदेशको एक, दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै गण्डकी, सुदूरपश्चिम, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान साथै बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

साथै बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

यसैबीच मौसममा बदली भएसँगै नेपालमा थप चिसो बढ्ने भएको छ । गत मंसिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर बिस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको छ ।

दशमलव दुई डिग्री थियो । अन्य क्षेत्रमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस