पोखरा । तनहुँमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्मा छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ आँधीखोलामा दुर्घटना भएको हो ।
डुम्रेबाट आँबुखैरेनीतर्फ गइरहेको बाप्र०१–००१ य १६५९ नम्बरको स्कोरपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए२-०३००-१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरी निरीक्षक थापाले बताए ।
दुर्घटना पश्चात् ट्रक पुलको बीचबाट खोलामा खसेको छ । मृतक पराजुली ट्रक चालक हुने भने विक सहचालक हुन् ।
स्कोरपियोमा सवार चार जना सामान्य घाइते भएका छन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
ट्रक खेलामा खसेको र अगाडिको भाग च्यापिएकाले चालक र सहचालक पनि त्यसैमा च्यापिन पुगेको प्रहरीले जनाएको छ ।
खोलामा खसेको ट्रकलाई क्रेनको सहायताले निकालिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution