पोखरा । पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा महोत्सव आयोजना गरेको हो । महोत्सव नौ दिनसम्म चल्नेछ । महोत्सवमा झण्डै दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ ।
महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ ।
महोत्सवले आन्तरिकमात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकको दावी छ ।
महोत्सवमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व छ । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिम श्रृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने छ ।
महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । यो महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने आयोजकको विश्वास छ ।
यसका साथै सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकका लागि प्रमुख आकर्षण हुन सक्छ । यसलाई भव्य बनाउँदै हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।
महोत्सव अवधिभर पोखराका स्थानीय सांगीतिक ब्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि दैनिक रुपमा हुने छन् ।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगर र पोखरा पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ ।
यो फेस्टिबलको संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ। कार्यक्रमको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।
सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ ।
यस वर्षको फेब्रुअरीमा बेलुन नेपाल प्रा।लि।ले थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय बेलुन पर्वमा पनि सहभागी भएको थियो । जसले विश्वव्यापी बेलुनिङ समुदायमा कम्पनीको बढ्दो उपस्थिति देखाएको थियो ।
तस्बिर
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution