तनहुँ । तनहुँको भीमाद नगरपालिका वडा नं २ टेक्रेस्थित बालविकास माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रामजी सिग्देलको बिदाई गरिएको छ ।
चालिस बर्ष लामो शिक्षण पेशाबाट मंसिर ८ गतेबाट स्वेच्छिक अवकाश लिएका सिग्देलको सोमबार विद्यालयबाट बिदाई गरिएको विद्यालयका प्रधानाध्यापक भीष्म रानाले जानकारी दिए ।
सिग्देललाई अविरजात्रासहित सम्मानपत्र र मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईमानसिंह थापा, प्रधानाध्यापक भीष्म रानालगायतले सिग्देलले सम्मान गरेका थिए ।
सिग्देल २०५२ मा विद्यालयमा शिक्षकको रूपमा प्रवेश गरेका थिए । उनले २०५४ देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रअ रानाले बताए ।
कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष दीपेन्द्र चालिसे, क्लबका पूर्वअध्यक्ष एवं पोखरा-२६ का जनप्रतिनिधि सुदीपराज ढुंगाना, पूर्वअध्यक्ष एवं प्रेस युनियन गण्डकीका अध्यक्ष टंकराज अधिकारी, किशोरमोहन भट्टराई, अर्जुन सिग्देल, युवराज खनाल, क्लबका द्वितीय उपाध्यक्ष रविकुमार श्रेष्ठ, सदस्य यमबहादुर पनेरूलगायत सहभागी थिए ।
सो विद्यालयको भौतिक तथा शैक्षिक विकासमा लायन्स क्लब अफ पोखरा पिस सिटीले १० वर्षदेखि सहयोग सहयोग गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईमानसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा सिग्देलले विद्यालय सञ्चालन गर्न शिक्षक, कर्मचारी, विद्यालय ब्यवस्थापन समिति, अभिभावक सबै एकमत भएर लागेमा जस्तोसुकै चुनौती पनि पार लगाउन सकिने बताए ।
लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष एवं जनप्रतिनिधि सुदीपराज ढुंगानाले विद्यालयसँग सम्बन्ध जोड्नमा सिग्देलको महत्वपूर्ण हात रहेको बताए । उनले आगामी दिनमा पनि त्यो सम्बन्ध कायम रहिरहने प्रतिबद्वता जनाए ।
क्लबका तर्फबाट पनि सिग्देललाई मायाको चिनो प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
विद्यालयका शिक्षक योमाया थापाले स्वागत तथा सञ्चालन दामोदर लम्सालले गरेका थिए विद्यार्थी देवानी थापाले पनि बोलेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution