
प्युठान । प्युठानमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा ऐरावती गाउँपालिका वडा नं २ तेस्रापाटाका सहचालक २७ वर्षीय विजय सापकोटा छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरन्जन रिजालका अनुसार गोठीबाङ्ग खोलाबाट ढुंगा बोकेर मल्लरानी गाउँपालिकाको चौरपानीतर्फ जाँदै गरेको रा१त ४४४५ नम्बरको ट्याक्टर ऐरावती गाउँपालिका वडा नं ५ बालिबिसौनामा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक २३ वर्षीय शान्तबहादुर रावत गम्भीर घाइते छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ ।





