|फाइल तस्बिर
पोखरा । स्याङ्जामा मंगलबार राति करिब ८ बजे ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका वडा नं.११ का २२ बर्षीय सब्दुल अन्सारी छन् ।
ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका उनको कालीगण्डकी अस्पताल मिर्मीमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
सोही दुर्घटनामा घाइते भएका बारा कलैया उपमहानगरपालिका वडा नं. १० का २४ वर्षीय अर्जुन शाह र बारा गढीमाई नगरपालिका वडा नं.११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी घाइते भएका छन् ।
उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं.३ आलमस्थित बिर्घा–मिर्मी पक्की भित्री सडकखण्डमा आलमबाट बिर्घातर्फ जाँदै गरेको लु४त ७८३१ नम्बरको डसना बनाउने मेसिन जोडेको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको हो ।
ट्याक्टर सडकदेखि करिब ४० मिटर तल खसेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution