पोखरा । पोखराको विजयपुर खोलास्थित पुलबाट हामफालेकी युवतीको ज्यान गएको छ ।
मृत्यु हुनेमा पोाखरा महानगरपालिका वडा नं २९ खल्याड,सगरमाथा टोल घर भइ पोखरा-२७ तालचोकस्थित डायमण्ड माविमा अध्ययनरत १७ वर्षीया अस्मिता क्षेत्री रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् ।
मंगलबार साँझ करिब ६ः३० बजे पुलबाट हामफालेकी क्षेत्रीको घटनास्थलमै ज्यान गएको बताइन्छ ।
उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र आज पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution