पोखराको विजयपुर पुलबाट हामफालेकी युवतीको मृत्यु

पोखरा । पोखराको विजयपुर खोलास्थित पुलबाट हामफालेकी युवतीको ज्यान गएको छ ।

मृत्यु हुनेमा पोखरा-२७ तालचोकस्थित डायमण्ड माविमा अध्ययनरत १८ वर्षीया अस्मिता क्षेत्री रहेकी छन् ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् ।

मंगलबार साँझ करिब ६ः३० बजे पुलबाट हामफालेकी क्षेत्रीको घटनास्थलमै ज्यान गएको बताइन्छ ।

उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र आज पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button