पाेखरा। केही दिन यता गण्डकी प्रदेशकाे राजधानी पाेखरामा चिसाे ह्वात्तै बढेकाे छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पाेखरासहित देशभर चिसाे बढेकाे हाे ।
पाेखरामा आज बिहान करिब ७ बजेकाे तापक्रम १० डिग्री सेल्सियस छ । याे तापक्रम घटेर ६ डिग्रीमा आइपुग्ने अनुमान गरिएकाे छ ।
आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबार देशका धेरैजसो स्थानमा प्रभाव पारेको थियो ।
याेसँगै घुमिलिएकाे पाेखराकाे माैसम अझै खुल्न सकेकाे छैन । मंगलबार दिनभर पनि माैसममा सुधार नआउँदा पाेखरामा सुरु भएकाे अन्तर्राष्टिय बेलुन महाेत्सवमा समेत समस्या परेकाे थियाे ।
यद्दपि पाेखरामा हल्का वर्षा हुने भनिए पनि छिटपुटबाहेक वर्षा भएन । संघीय राजधानी काठमाडाैँमा भने मंगलबार साँझ हल्का वर्षा भएकाे बताइएकाे छ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यता, नेपाल प्रहरी चिसाे बढेसँगै घुर बालेर आगाे ताप्नेक्रममा विशेष सावधानी अपनाउन आग्रह गरेकाे छ । आगाे ताप्दा पछाडि फर्किएर ढाड नसेकाउन प्रहरीकाे आग्रह छ । ढाड सेकाउँदा कपडामा आगाे सल्किन सक्ने भन्दै प्रहरीले सचेत गराएकाे छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution