पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतंक व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्ने बताएका छन ।
मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा एसपी ओलियाले जिल्लामा चन्दा आतंक रोक्न व्यवसायी लाग्नुपर्ने बताए । उनले राज्यलाई नियम भएर कर तिरिरहेका व्यवसायीले विभिन्न बहानामा चन्दा दिन नहुने पनि बताए ।
उनले सुरक्षा र आर्थिक विकास अन्तरसम्बन्धित रहेको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने भन्दै व्यवसायीलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन प्रहरी सधैँ तत्पर रहेको बताए ।
उनले चन्दा आतंकबाहेक पनि जिल्लामा चेक बाउन्सका मुद्दा, अनलाईन स्क्याम, सवारी दुर्घटना हुनेक्रम बढ्दो रहेको र जिल्ला भित्रिने नाकामा डिजिटल चेकपोष्टको आवश्यकता रहेको बताए । उनले व्यवसायीसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकलाई पनि स्वागत गरिएको थियो ।
अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ क्षेत्रको विकासमा विगतदेखि संघले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै व्यवसायीका विभिन्न समस्याका विषयमा जानकारी गराउँदै सहजीकरणका लागि आग्रह गरेका थिए ।
यसैगरी संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लामा शान्ति सु-व्यवस्था राम्रो हुँदै गएको र यही पुस १८ गतेदेखि आयोजना हुने २०औँ लेखनाथ महोत्सवमा पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइदिन आग्रह गरेका थिए ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका अधिकारीले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution