पोखरा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मूल्य घटेसँगै आज बुधबार सुनको भाउ एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन मंगलबार एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
पोखरा क्षेत्रमा भने सुन प्रतितोला एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यता आज चाँदीको मूल्य भने पाँच रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार आठ सयरुपैयाँमा कारोबार भइरहेको छ ।
पोखरा क्षेत्रमा भने चाँदी प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution