पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन अल्पकालीन, मध्यकालीन, र दीर्घकालीन योजना सार्वजनिक गरेर काम गरेको बताएका छन् ।
बागलुड समाजको २४औँ साधारणसभालाई सम्बोधन गर्दै उनले स्वास्थ्यको पहुँचमा पुर्याउने गरि कार्यक्रम ल्याएको बताएका हुन् ।
उनले योजनाहरूमा चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन, औषधिको गुणस्तर सुनिश्चितता, ट्रमा केयर सेन्टर स्थापनाजस्ता अल्पकालीन कार्यक्रमदेखि लमजुङ, स्याङ्जा, र दमौली अस्पतालको नयाँ भवन निर्माण तथा गण्डकी स्वास्थ्य प्रवर्द्धधन केन्द्र स्थापना गर्ने मध्यकालीन कार्यक्रम समेटिएका बताए ।
साथै दीर्घकालीन योजनाअन्तर्गत स्वास्थ्य बजेट १० प्रतिशत पुर्याउने, क्यान्सर, मुटु र मिर्गौलाका रोगका लागि विशिष्टीकृत अस्पताल स्थापना गर्ने र एयर एम्बुलेन्सको व्यवस्था गर्ने योजना रहेको उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले समाजले समुदायको एकता र समृद्धिका लागि खेलेको भूमिका उदाहरणीय रहेको भन्दै समाज र सञ्चार माध्यमबीच सहकार्यको खाँचो औंल्याइन् ।
समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार कुलचन्द्र शर्माले बागलुङ समाजको हितका लागि एकता, आपसी सहयोग र साझा प्रयासको खाँचो औल्याउँदै समाजलाई बलियो बनाउन सबै सदस्यको योगदान अपरिहार्य रहेको बताए ।
समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाले सदस्यबीच जमघट छलफल र आत्मीयताबाट मात्रै सिर्जनशील र नविनतम् सोंचको विकास हुने भएकाले वनभोज, साधारणसभालाई सबैले अपनत्व लिएर उपस्थित हुनुपर्ने धारणा राखे ।
सो अवसरमा एसईईमा उत्कृष्ट अंक ल्याउने रोहन रेग्मी र अनुसा केसीलाइ समाजद्वारा संचालित स्व. प्रेमप्रसाद सापकोटा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा बागलुङ बचत तथा ऋण सहकारीका सचिव महेन्द्र ढकाल, समाजका उपाध्यक्ष नरेश सुवेदी, सचिव गंगा पुनलगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution