पोखरा । गण्डकी एकेडेमी अफ इन्टरडिस्प्लिनरी स्टडिज (गेन्स कलेज) को आयोजनामा पोखरामा ‘गेन्स कन्क्लेभ’ सम्पन्न भएको छ ।
एमबीए सफल उद्यमशील यात्रा वा रोजाइको पेशागत करिअरका लागि प्रभावकारी साधन बनाउने उद्देश्यका साथ कन्क्लेभ आयोजना गरिएको हो ।
कन्क्लेभले प्रतिष्ठित र प्रमाणित अगुवा व्यक्तित्व र अभ्यासकर्तालाई एकै ठाउँमा ल्याएर शिक्षा, उद्यमशीलता र पेशागत बीच समन्वय गराउने विश्वास छ ।
गेन्सका अध्यक्ष भरतराज गौतमको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण गेन्स कलेजका प्रमुख विजय आनन्द शर्माले गरेका थिए ।
‘एमबीए आकांक्षीले भविष्यका उद्यमी वा व्यावसायिक पेशागतहरुको रुपमा देख्छन्’, शर्माले भने, ‘शिक्षा र उद्यमशीलता वा रोजगारबीचको अन्तरक्रियाको बारेमा आफ्नो बुझाई बढाउन खोज्नेका लागि कन्क्लेभ महत्वपूर्ण हुन्छ ।’
अध्यक्ष गौतमले गेन्सले शैक्षिक सिद्धान्त र व्यावहारिक उपयोग बीचका दुरीलाई नजिक्याउने र एमबीएलाई संसारका मागसँग मिलाउन, उद्यमशीलतासम्बन्धी सफलता कथा र चुनौती समाधानका रणनीति साझा गरेर नवीनतको प्रेरणा दिन प्रयास गरेको बताए ।
उनले रोजगारीका प्रवृत्ति पहिचान गरि भविष्यका लागि तयार हुँदै गएको जनशक्तिलाई आफ्नो भविष्य निर्माणका लागि सही जग बसाल्न प्रेरित गर्ने गेन्सको उद्देश्य रहेको स्पष्ट पारे ।
कन्क्लेभमा आहार विशेषज्ञ (डनइटिसियन) विद्या रघुनाथन कायस्थ, आइटी विशेषज्ञ एवं वेदा एपका सीईओ निरदेश द्वा र ट्यालेन्ट कनेक्ट्सका सीईओ दिवश थापा प्रमुख वक्ताका रुपमा सहभागी थिए ।
कन्क्लेभमा दिवस थापा, विनोद आचार्य, एन्जिला सुवेदी, कीर्ति भट्टराईलगायतले जिज्ञाशा राखेका थिए ।
गेन्स कलेजका संस्थापक एवं हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्माले गेन्सले हरेक युवालाई जागिर खोज्दै भौतारिने नभई उद्यमशील बनाउने बताए ।
उनले पोखरालाई शैक्षिक हब बनाउने र विदेशका विद्यार्थीको ध्यान पोखरामा आकर्षित गर्ने लक्ष्यसहित आफूहरु अघि बढेको स्पष्ट पारे ।
पोखरा-३ नदीपुरस्थित गेन्समा एमबीए, बीबीए र बीएससी सीसीट अध्ययन अध्यापन हुँदै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution