लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्त पौडेललाई

  • पोखरा न्यूज
  • २०८१ पौष १०
लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्त पौडेललाई

पोखरा । यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्त पौडेललाई प्रदान गरिने भएको छ । पुरस्कार राशि ११ हजार एक सय ११ रुपैयाँ नगद र सम्मानपत्र छ ।

लेखनाथ पत्रकार मञ्चले पत्रकारिताबाट लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पुर्याएकामध्ये प्रत्येक वर्ष एक जनालाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिभा छनोट समितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल थिए ।

दुई दशक अघि गोल्डेन आइ टेलिभिजनबाट पत्रकारिता सुरु गरेका पौडेल हाल रेडियो नेपालमा आबद्ध छन् ।

पौडेल कान्तिपुर टेलिभिजन, एभि न्यूज टेलिभिजन, पोखरा हटलाइन दैनिक, पोखरा टेलिभिजनलगायतमा कार्यरत थिए ।

मञ्चका संस्थापक सदस्यसमेत रहेका उनले पोखराका पहिलो पत्रकार जगन्नाथ सिग्देलको स्मृतिमा सञ्चालित हिमदूत पत्रकारीता पुरस्कार, यातायात व्यवसायिक पत्रकारिता पुरस्कारका साथै विभिन्न सामाजिक संघ संस्थाबाट पुरस्कृत भइरहेका छन् ।

पोखरा महानगरपालिका वडा नंं ३१ पचभैया निवासी पौडेल नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

सो पुरस्कार यसअघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल, सरिता तिमिल्सेना र दीपक परियार सम्मानित भइसकेका छन् ।

पौडेललाई १५ पुसमा कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्ती मूल समारोहमा पुरस्कार अर्पण गरिने बताइन्छ ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस