पोखरा विमानस्थलमा आज अन्तर्राष्ट्रिय चार्टर्ड उडान

पोखरा । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको लिन्जीबाट चार्टर्ड उडान हुँदैछ । पोखरामा हुन लागेकाे दोस्रो अन्तराष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने खेलाडी लिएर सिचुवान एयरको विमान आउन लागेको हो । पाेखरा आउने उक्त विमानमा एक सय २९ यात्रु छन् ।

पोखरामा अवतरण गरेपछि सो विमान काठमाडाैँ जानेछ । सोही विमानमार्फत गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, पर्यटन व्यवसायी, उद्योगी पत्रकारलगायत एक सय २६ जनाकाे टाेली काठमाडाैं जानेछन् ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

अन्य विमान कम्पनीलाई पोखरामा उडान गर्नका लागि सन्देश दिने उद्देश्यसहित टोलीले उडान गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म चीन, भारत, भुटानबाट चार्टर्ड उडान मात्रै भएको छ । पोखरामा यसअघि पहिलोपटक ६ असार ०८० मा चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवानको न्यारोबडी ए३१९ विमानले चार्टर उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो ।

२३ भदौ ०८० मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडानसँगै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो ।

पारोबाट चालक दलका सात र तीन पर्यटकसहित १० जना लिएर आएको विमानले पोखराबाट ४२ यात्रु र चालक दलका सात गरी ४९ जना लिएर थिम्पुका लागि उडान भरेको थियो, जुन पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान हो ।

त्यसपछि २२ कात्तिक ०८० मा चिनियाँ जनमुक्ति सेनाका दुई कार्गाे विमानले पोखरामा क्रमशः तेस्रो र चौथो चार्टर उडान गरेका थिए, ७ मंसिर ०८० मा चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सको विमानले २२ कात्तिक ०८१ मा चीनको सिचुवान एयरलाइन्सले पोखरामा छैटौँ, १३ मंसिरमा भारतको दिल्ली विमानस्थलबाट निजी विमान जेल एयरले साताैँ चार्टर उडान गरेको थियो । भारतबाट आएको यो पहिलो उडानसमेत हो ।

Back to top button