पोखरा । पोखरा महागरपालिका वडा नं २६ स्थित खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाको अध्यक्षमा छविलाल लामिछाने निर्वाचित भएका छन् ।
संस्थाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले लामिछानेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा शिवराज तिमिल्सेना, सचिवमा विकास अधिकारी र कोषाध्यक्षमा बुद्धिमोहन अधिकारी छन् ।
यसैगरी कार्यसमिति सदस्यमा जंगबहादुर परियार, मधुमाया अधिकारी, हरिकृष्ण घिमिरे, ईन्दिरा लामिछाने, कविता अधिकारी पौडेल, धनबहादुर विश्वकर्मा र चिनादेवी लामिछाने छन् ।
यस्तै, लेखा संयोजकमा बालचन्द्र भण्डारी, सदस्यमा तारानाथ पौडेल र लक्ष्मी पौडेल छन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले कानूनीरुपले ताल संरक्षण र सहकारीलाई छुट्टै बनाउन पर्ने बाध्यात्मक अवस्था आएको बताए । उनले वडाभित्रका तीनैवटा ताललाई अझ बढी व्यवस्थित गर्र्दै कसरी आयआर्जनमा जोड्न सकिन्छ भन्नेबारे साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए ।
सहकारी अध्यक्ष हरिप्रसाद अधिकारीले लोपोन्मुख तालको स्थानीयस्तरमा संरक्षण गर्दै आयआर्जनका लागि सहकारीमार्फत माछापालन गर्दै आएको र आगामी दिनमा वडासँग सहकार्य गरी अघि बढ्ने सहमति भएको जानकारी दिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले ताललाई व्यावसायिक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छविलाल लामिछाने, गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष बामदेव ढुंगाना, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ताल संरक्षण समितिका उपाध्यक्ष ईन्दु लामिछानेले र संचालन सचिव नवराज ढुंगानाले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution