पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट एक २९ यात्रु लिएर सिचुआन एयरको विमान अवतरण भएको छ ।
उक्त विमान बिहीबार बिहान १० बजेर १३ मिनेटमा पोखरा विमानस्थलमा अवतरण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन् ।
उक्त विमानमा पोखरामा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस-२०२४ का भिआईपी, अफिसियल र खेलाडी सवार थिए ।
चीनको छेन्दुक विमानस्थलबाट उडेको विमान पोखरा आउन तीन घण्टा १३ मिनेट लागेको बताइन्छ । जहाज अवतरण भएपछि पोखरेलीले जहाजसँगै पाहुनाको भव्य स्वागत गरेका थिए ।
सोही विमानमार्फत गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, पर्यटन व्यवसायी, उद्योगी पत्रकारलगायत एक सय २६ जनाको टोली काठमाडौं जानेछन् ।
अन्य विमान कम्पनीलाई पोखरामा उडान गर्नका लागि सन्देश दिने उद्देश्यसहित टोलीले उडान गर्न लागेको सुवेदीले जानकारी दिइन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म चीन, भारत, भुटानबाट चार्टर्ड उडान मात्रै भएको छ । पोखरामा यसअघि पहिलोपटक ६ असार ०८० मा चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवानको न्यारोबडी ए३१९ विमानले चार्टर उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो ।
२३ भदौ ०८० मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडानसँगै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो ।
पारोबाट चालक दलका सात र तीन पर्यटकसहित १० जना लिएर आएको विमानले पोखराबाट ४२ यात्रु र चालक दलका सात गरी ४९ जना लिएर थिम्पुका लागि उडान भरेको थियो, जुन पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान हो ।
त्यसपछि २२ कात्तिक ०८० मा चिनियाँ जनमुक्ति सेनाका दुई कार्गाे विमानले पोखरामा क्रमशः तेस्रो र चौथो चार्टर उडान गरेका थिए, ७ मंसिर ०८० मा चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सको विमानले २२ कात्तिक ०८१ मा चीनको सिचुवान एयरलाइन्सले पोखरामा छैटौँ, १३ मंसिरमा भारतको दिल्ली विमानस्थलबाट निजी विमान जेल एयरले सातौँ चार्टर उडान गरेको थियो । भारतबाट आएको यो पहिलो उडानसमेत हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution