पोखरामा माछापुच्छ्रे टेनिस प्रतियोगिता शुरु

पोखरा । पोखरामा आजदेखि २१औँ माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा मेन्स सिङ्गलमा निहाल जंगबहादुर थापाले विष्णु नेपालीलाई ६-१,६-१ ले, शास्वत बज्राचार्यले नविन पाइजालाई ७-५,६-४ ले तथा दावा सोनाम शेर्पाले सोमझ श्रेष्ठलाई ६-०,६-२ ले पराजित गरे । आरब हाडाले बोरिस अधिकारीबाट वाकओभर पाए ।

४५ वर्ष माथिको मेन्स सिङ्गलमा विकास गुरुङले माधव भण्डारीलाई, बलराम सापकोटाले दोर्जे लामालाई, हेमराज ढकालले मनोज ढुङ्गानालाई, हर्क गुरुङले विज्ञान प्रधानलाई पराजित गरे ।

यसैगरी मेन्स ३५ वर्षमाथिको सिङ्गलतर्फ विकास गुरुङ हङकङले प्रकाशराज वाग्लेलाई, प्रकाश गुरुङले सविन श्रेष्ठलाई, गगन महर्जनले मनोज महर्जनलाई, भीष्म गुरुङले हर्षवर्धन रावलाई, डा.मदन थापाले डा. देव थापालाई, मच्छिन्द्र थापाले विष्णु थापालाई, हेमचन्द्र गुरुङले समीर शेरचनलाई, राजकुमार गुरुङले विष्णु चापागाईंलाई, नारायण पहारीले वीरेन्द्र लामालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका छन् ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धी हाँसिल गरेको भन्दै यो खेलको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने बताए ।

राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलाडीको सम्मानका लागि राष्ट्रले खेल क्षेत्रमा राम्रो बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

संघका उपाध्यक्ष विनोद कायस्थले प्रतियोगिता नेपालमा सञ्चालित विभिन्न प्रतियोगितामध्ये लामो समयसम्म निरन्तर आयोजित प्रतियोगितामध्ये एक भएको बताए ।

कार्यक्रममा संघका अध्यक्ष राजकुमार गुरुङ्ग, उपाध्यक्ष नविन चालिसे र सचिव भिष्मराज पौडेलले पोखरामा टेनिस खेलको विकासमा निजी क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त भएको बताए ।

कार्यक्रममा हालै बहराइनमा सम्पन्न डेभिजकपमा नेपाललाई एशिया ओशियाना क्षेत्रमा डिभिजन पाँचबाट चारमा पुर्याउने खेलाडी अभिषेक बाँस्तोला, प्रदीप खड्का, ऋतिक राना, प्रणव मानन्धर, प्रणव खनाल तथा टिम व्यवस्थापक गोपाल ज्ञवालीलाई सम्मान गरिएको थियो ।

पोखरा टेनिस कम्प्लेक्सभित्र टेनिस कोर्ट निर्माण गरेका हेम गुरुङ्ग, किरण केसी, उत्तम लामा, बिमल बसेल, हङकङ नेप्लीज टेनिस सोसाइटी, सहयोगी नेपाली घरका राजु श्रेष्ठलगायतलाई सम्मान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button