म्याग्दीमा ट्रिपर दुर्घटना, चालक र सहचालकको घटनास्थलमै मृत्यु

  • पोखरा न्यूज
  • २०८१ पौष ११
म्याग्दीमा ट्रिपर दुर्घटना, चालक र सहचालकको घटनास्थलमै मृत्यु

| फाइल तस्वीर ।

म्याग्दी । म्याग्दीमा आज ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादव र सहचालक भारतको मध्यप्रदेशका ४० वर्षका शत्रुधन रजक छन् ।

प्रहरीका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं ४ बुक्लमा बीपी २-ए ७५६८ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

गएराति करिब १ बजेदेखि काम गर्ने कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज बिहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी र जलविद्युत् आयोजना काम मजदुरको सहायताले दुर्घटना ग्रस्त ठाउँबाट शबलाई बाहिर निकालिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस