पोखरा आइपुगे चिनियाँ खेलाडी

पोखरा । पोखराको फेवातालमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । चिनिया टोली एक सय २९ सदस्यीय छ । खेलाडी बोकेर आएको सिचुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

विमान चीनको छेद्नुबाट चार्टर फ्लाइट मार्फत सिधै पोखरा आएको हो । विमानमार्फत पोखरा आएका खेलाडी तथा पाहुनालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, चीनका राजदूत चेन सोङ, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन राजपरिषद्ले स्वागत गरेको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मित्रराष्ट्र चीनमा लोकप्रिय ऐतिहासिक ड्रागन बोट रेस प्रतियोगिता गत वर्ष देखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा सञ्चालन हुँदै आएको छ ।

यस वर्ष प्रतियोगिताको दोस्रो संस्करण यही पौष १४ र १५ (डिसेम्बर २९–३०) गते पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको छ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको एक गरी कुल २० समूहले सहभागिता जनाउने छन् ।

प्रतियोगिताले नेपाल चिन दुईपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाको खोजीमा सहयोग गर्ने, पोखराका ताललाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button